काठमाडौं – गृहमन्त्री रामबहादुर थापा चीन छ दिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका हुन्। चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा थापा त्यसतर्फ प्रस्थान गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले बताए।
भ्रमणको क्रममा चीनका थापाले जनसुरक्षा मन्त्री, उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको भट्टराईले बताए।
मन्त्रीको टोलीले चीनको बेइजिङ, साङ्घाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको छ।
टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत सहभागी छन्।
गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
