Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सांसद अभिषेकप्रताप साहविरूद्ध पक्राउ पूर्जी


  • शुक्रबार, पुष १८ २०७६

  • सांसद अभिषेकप्रताप साहविरूद्ध पक्राउ पूर्जी

    कपिलवस्तु – कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अभिषेकप्रताप साहविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत कपिलवस्तुले सांसद साहविरूद्ध बिहीबार पक्राउ पूर्जी जारी गरिएको हो।

    ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएसँगै प्रहरीले उनलाई पक्रन प्रहरीले अदालतसँग पूर्जी मागेको थियो।

    सांसद साहले ‍पुस ५ गते आफ्नै घरमा बोलाएर कोठाभित्र थुनेर नसालु पदार्थ सुँघाई कुटपिट गरेको राप्रपा केन्द्रीय सदस्य तथा कलाकार श्याम मिश्रको जाहेरीमा उल्लेख छ।

    मिश्रले शाहले आफ्नो मुखभित्र बन्दुक राखेर ज्यान मार्ने धम्की दिएको जाहेरीमा उल्लेख गरेका छन्। सांसद साह हाल नेपालमा छैनन्। उनी भारत गएको प्रहरीले बताएको छ।

    साह नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij