Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित


  • मंगलबार, पुष १५ २०७६

  • प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित

    काठमाडौं – प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।

    सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले बैठक स्थगन भएको बुझिएको छ । यसअघि पनि यही पुस ११ गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij