Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सहिद स्मारक ए डिभिजन लिगमा आर्मीको दोस्रो जित


  • शुक्रबार, पुष ११ २०७६

  • सहिद स्मारक ए डिभिजन लिगमा आर्मीको दोस्रो जित

    काठमाडौं – विभागीय क्लब त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।
    तेस्रो चरणको खेलमा आज हिमालयन शेर्पा क्लबमाथि २–० को नतिजा निकाल्दै आर्मीले दोस्रो जित आत्मसात गरेको हो । आर्मीको जितमा । कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले एक एक गोल गरे ।
    सातदोबाटोस्थित एन्फा कम्लेक्समा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा आर्मीले दुवै गोल दोस्रो हाफमा गरेको हो । रक्षात्मक प्रदर्शन गरेको शेर्पाविरुद्ध आर्मीले आक्रमक खेल पस्किँदा महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ ।
    आर्मीको जितसँगै हिमालयन शेर्पाको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लिग तालिकामा अब आर्मीको ७ अंक भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij