काठमाडौं -प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक पुस १६ गते सरेको छ। संसद सचिवालयले टाँस गरेको सूचनामा बैठक आगामी १६ बस्ने भनिएको छ।
प्रतिनिधि सभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुख चयनो प्रक्रिया हुन्छ। तर सत्तारूढ नेकपाले सभामुख को हुने टुंग्याउन नसकेकाले बैठक सरेको हो।
सभामुख चयन गर्ने विषयमा नेकपामा कुरा नमिल्दा बैठक स्थगित भएको हो। योसँगै प्रतिनिधि सभाको सभामुखको निर्वाचन प्रक्रिया लम्बिने भएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
