काठमाडौं– समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुने बताएका छन्।
वर्तमान सरकारलाई बुधबार समर्थन फिर्ता लिएपछि पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रतिपक्षी दलहरूसँग विचार र मुद्दाका आधारमा सहकार्य हुने भट्टराईले बताए।
‘प्रतिपक्षमा भएपछि विचार र मुद्दा मिल्नेसँग मिल्नु नै धर्म हुन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपासँग विचार र मुद्दाका आधारमा सहकार्य हुन्छ,’ उनले भने।
सभामुख चयन प्रक्रियामा समाजवादी पार्टीको कुनै लोभ नभएको पनि उनले बताए। ‘सभामुख चयन प्रक्रिया अब अघि बढ्ला। नेकपासँग बहुमत छँदैछ,’ उनले भने, ‘हाम्रोतर्फबाट कुनै लोभ छैन। आकांक्षा छैन।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
