Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मोफसलमा हुने गोल्ड कप र नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक


  • बुधबार, पुष ९ २०७६

  • मोफसलमा हुने गोल्ड कप र नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

    काठमाडौं – हाल राजधानीमा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएसँगै मोफसल पनि फुटबलमय बन्ने भएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने गोल्ड कप र नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
    एन्फाको तालिका अनुसार लिग फुटबल सकिएपछि मोफसलको प्रतियोगितासुचारु हुनेछ । मोफसल र काठमाडौंमा गरी विभिन्न २५ वटा फुटबल प्रतियोगिता सञ्चालन हुनेछन् । तालिका अनुसार फागुन पहिलो साता पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षि गोल्डकप र मकवानपुरमा बाग्मती गोल्डकप हुनेछ ।
    यसैगरी फागुन ५ देखि चितवनमा राइनो गोल्डकप, फागुन ८ देखि १७ सम्म धरानमा बुढासुब्बा गोल्डकप र बुटवलमा तिलोत्तमा गोल्डकप हुनेछ । फागुन ११ देखि २२ सम्म धनगढीमा खप्तड गोल्डकप, फागुन १५ देखि २४ सम्म झापामा झापा गोल्डकप, पूर्वको इलाममा माइभ्याली गोल्डकप र बाग्लुङमा मेयर कप हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij