काठमाडौं -आजदेखि शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेल हुँदैछन् । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार आज दुई खेल हुँदैछन् ।
अहिले मध्याह्न १२ बजे हुने पहिलो खेलमा मछिन्द्र र फ्रेण्ड्स क्लब भिड्ने छन् भने ३ बजे च्यासल र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
यस सिजनमा स्टार खेलाडी भित्र्याएको मछिन्द्रले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा च्यासलसँग बराबरी खेलेको थियो । उता फ्रेण्ड्स यस सिजनमा जितविहीन छ । पहिलो खेलमा आर्मीसँग २–१ ले हारेको फ्रेण्ड्स दोस्रो खेलमा ब्रिगेडसँग २–० ले पराजित भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
