Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ट्रस्टको जग्गाको लिज अवधि थप गरेको विरोधमा नेविसंघद्धारा प्रदर्शन


  • मंगलबार, पुष ८ २०७६

  • ट्रस्टको जग्गाको लिज अवधि थप गरेको विरोधमा नेविसंघद्धारा  प्रदर्शन

    काठमाडौ‌ं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले समयावधि बाँकी रहँदै सरकारले नेपाल ट्रस्टका नाममा रहेको जमिन लिज अवधि थप गरेको विरोधमा प्रदर्शन गरेको हो ।

    सार्वजनिक सम्पत्ति जोगाउन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि नेविसंघले प्रदर्शन गरेको विद्यार्थी नेता दुजाङ शेर्पाले बताए । “हामी बिनाकाम टायर बाल्न उपस्थित भएका होइनौं । यो सार्वजनिक सम्पत्ति हो । सार्वजनिक सम्पत्ति जोगाउन हामीहरू यहाँ आएका हौं । गृहमन्त्रीको अध्यक्षतामा बस्ने नेपाल ट्रस्टको बैठक रक्षामन्त्रीको अधयक्षतामा बसेर सार्वजनिक सम्पत्तिलाई लिज अवधि बाँकी छँदै कम मूल्यमा बेच्ने काम भएको छ,” उनले भने, “यो नेविसंघलाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन । यो हाम्रो सुरुवात मात्रै हो । भोलिका दिनमा भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउँछौं ।”

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij