Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हतियारसहित काठमाडौंबाट विप्लव समूहका ५ नेता पक्राउ


  • आइतबार, पुष ६ २०७६

  • हतियारसहित काठमाडौंबाट विप्लव समूहका ५ नेता पक्राउ

    काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको बिशेष ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य सन्दिप लामा (शिशिर), केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर (खनिल), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् ।
    उनीहरुका साथबाट व्याट्री, तार र एकथान पेस्तोल र विभिन्न कागजात बरामद गरेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij