काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज डाकेको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ।
बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित भएनन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबारसम्म बैठक स्थगित गरिएको बताए।
‘पुस ४ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने गरी स्थगित गरिएको छ,’ उनले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
