एजेन्सी – इङ्लिस महारथी लिभरपुलले लिग कप फुटबलमा एस्टन भिल्लासँग लज्जास्पद हार व्यहोरेको छ ।
मङ्गलबार राति भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ५–० गोलले पराजित भयो । हारसँगै लिभरपुल क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
हाल क्लब विश्वकपको तयारीमा रहेको लिभरपुलले यस खेलमा जुनियर खेलाडी खेलाएको थियो । एस्टन भिल्लाको जितमा जोनाथन कोदजियाले दुई तथा कोनोर र वेस्लीले एक–एक गोल गरे ।
पहिलो हाफमै चार गोल गरेको एस्टल भिल्लाका लागि १४ औँ मिनेटमा कोनोरले खाता खोले । १७ औँ मिनेटमा लिभरपुलका मोर्गान बोयसको आत्मघाती गोल गरे । ३७ औँ र ४५ औँ मिनेटमा जोनाथनले गोल गर्दै एस्टन भिल्लालाई थप बलियो बनाए । ९० औँ मिनेटमा वेस्लीले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
