Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा स्थायी कमिटी बैठकमा १२ नेताले राखे धारणा, बैठक मंगलबार पुन: बस्ने


  • सोमबार, मंसिर ३० २०७६

  • नेकपा स्थायी कमिटी बैठकमा १२  नेताले राखे धारणा,  बैठक मंगलबार  पुन: बस्ने

    काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा सोमबार १२ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।
    अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार १२ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका हुन् ।

    सोमबारको बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गणेश साह, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नी सापकोटा, युवराज ज्ञवाली, भीम रावल, देवेन्द्र पौडेल, पम्फा भुसाल र देव गुरुङले अध्यक्ष प्रचण्डद्वार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए ।

    सोमबार बोलेका अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टीको संगठन निर्माणलाई अझ सुदृढ ढंगले अगाडि बढाइए विधि र पद्दतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    प्रवक्ता श्रेष्ठले मंगलबार बिहान ११ बजे पुन: बस्ने गरी सोमबारको बैठक सकिएको पनि जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij