काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बैठकमा उपस्थित नहुने भएपछि समेबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको हो ।
अर्को बैठक पुस २ गते दिउँसो १ बजेका लागि बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए । पौडेल समूहले आज पनि बैठक बहिष्कार गर्ने भएपछि सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको बताइएको छ ।
कांग्रेस संस्थापन पक्षले असन्तुष्ट समूहसँग थप छलफल गरेर गत बिहीबार बैठकमा पेस भएका एजेण्डाहरु सहमति मै पारित गर्नका लागि दुई दिन बैठक स्थगित गरिएको दाबी गरेको छ ।
बिहीबारबाट वरिष्ठ नेता पौडेल समूह बैठक बहिष्कार गर्दै आएको थियो ।
वरिष्ठ नेता पौडेलले यसअघि पनि बिहीबार र आइतबार पनि बैठक बहिष्कार गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
