काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु भएको हो ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटामार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि प्रस्ताव तय गरेको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि प्रस्तावहरू तय गरेको जानकारी दिए ।
प्रचण्डले अध्यक्षसँग रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा राजनीतिक प्रतिवेदन तयार गरेको बताइएको छ । बैठकमा पार्टीको विधान संशोधन, नेपाल–भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठकलगायतका एजेन्डा पनि पेस हुने छन् ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका छैनन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
