Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ए डिभिजन लिगमा मछिन्द्रको विजयी शुरुवात


  • शनिबार, मंसिर २८ २०७६

  • ए डिभिजन लिगमा मछिन्द्रको विजयी शुरुवात

    काठमाडौं – मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनसहित स्टार खेलाडी भित्र्याएको मछिन्द्रले लिगको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराएको हो ।

    उद्घाटन खेल दशरथ रंगशालामा हुने भनिएपनि मैदान हिलो भएको लिग आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारेको थियो ।
    खेलमा मछिन्द्रका लागि विशाल राई र दिपक राईले गोल गरे । स्टार खेलाडीहरुले भरिएको मछिन्द्रले पहिलो गोलका लागि आधा घण्टा कुर्नुपर्याे । १९औं मिनेटमा रन्जित धिमालले प्रहार गरेको पि|mकिक पोष्टमा लागेर फर्किएको थियो । तर २६ औं मिनेटमा पाएको फ्रिकिकमा गोल गष्र्न सफल भयो ।

    अर्काे पटक फ्रिकिकमा भने मछिन्द्रले अवसर गुमाएन । विशाल राईको फि्र किक बल बि्रगेडका गोलकिपर विशाल सुनारको हात र बारमा लाग्दै फर्किएपछि अनमार्क रहका योगेश गुरुङ हेड गोल गरे । ४४औं मिनेट पेनाल्टी बक्सभित्र दिपक राईले प्रहार गरेको भली बि्रगेडका गोलकिपर सुनारले बचाए ।

    तर ५०औं मिनेटमा दिपक राईले मछिन्द्रको अग्रता दोब्बर बनाए । खेलको ८९औं मिनेटमा बि्रगेडका जय गुरुङले करिब २५ यार्डबाट गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले मुस्किलले बचाएका थिए । राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङको कप्तानीमा रहेको बि्रगेड ब्वाइजले सुरुवातमा केही अवसर पाएपनि त्यसलाई गोलमा प।रणत गर्न भने चुकेको थियो ।

    जितपछि मछिन्द्रले ३ अंक जोडेपनि अंकतालिकामा २ अंक मात्र छ । गत सिजन नन रलिगेसन लिग हुँदा मछिन्ऽ १४ क्लबमध्ये १३औं स्थानमा थियो । त्यसबापत मछिन्द्रले यो सिजन एक अंक गुमाएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij