Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाललाई गौरिकाले दिलाइन् चौथो स्वर्ण


  • सोमबार, मंसिर २३ २०७६

  • नेपाललाई गौरिकाले  दिलाइन् चौथो स्वर्ण

    काठमाडौं – गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई चौथो स्वर्ण दिलाएकी छिन्। उनले सोमबार सय मिटर फ्रिस्टायलमा स्वर्ण सुनिश्चित गरिन्।
    सय मिटर फ्रिस्टायलमा उनले भारतीय खेलाडीलाई २ सेकेण्डले पछि पारेकी हुन्। गौरिकाले ५८. १३ सेकेण्डमा दूरी पार गरिन् भने भारतीय खेलाडी सिभांगी शर्माले ५८.१५ सेकेण्डमा दूरी पार गरिन्।
    यो सँगै उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दो खेलाडी दीपक विष्टसँगको रेकर्ड बराबरी गरेकी छिन्। विष्टले ४ स्वर्ण जित्दै सागमा सर्वाधिक स्वर्ण जित्ने नेपाली खेलाडीको कीर्तिमान राखेका थिए।

    गौरिका सिंह एकै साग संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनेकी छिन्। आइतबार ४ सय मिटर फ्रिस्टायलमा स्वर्ण जित्दै उनले एकै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी थिइन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij