१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले बक्सिङबाट पहिलो स्वर्ण जितेको छ। नेपालकी मिनु गुरुङले ५४ केजी तौल समूहमा भारतीय बक्सरलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।
फाइनल भिडन्तमा मिनुले भारतकी शिक्षालाई अंकको आधारमा पराजित गरिन्। यसअघि ४८ केजी तौल समूहमा नेपालकी ललिता महर्जन स्वर्ण जित्नबाट चुकेकी थिइन्। उनलाई भारतकी श्रीरिभाषनले पराजित गरेकी थिइन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
