काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यलय धुम्बाराहीमा बैठक बस्ने अध्यक्ष पुष्पकमल दाहाल सचिवालयले जानकारी दिएको छ ।
अध्यक्ष दाहालले बोलाएको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने जाने छैनन्।
एपेन्डिसाइटिसको शल्यक्रियापछि ९ दिन अस्पताल बसेर बालुवाटार फर्किएका प्रधानमन्त्री ओली स्वास्थ्यकै कारण सचिवालय बैठकमा उपस्थित हुन नसक्ने उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक डाकेका छन्।
यसअघि मंसिर १८ गते बसेको सचिवालयले बैठकले उपनिर्वाचन भएका ५२ स्थानको समीक्षा पठाउन पार्टीका सम्बन्धित कमिटीलाई निर्देशन दिएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
