Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सञ्जु चौधरीले भारोत्तोलनमा जितिन् स्वर्ण


  • बिहिबार, मंसिर १९ २०७६

  • सञ्जु चौधरीले भारोत्तोलनमा जितिन् स्वर्ण

    पोखरा – नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । यो भारोत्तलनमा नेपाली महिलाले जितेको पहिलो स्वर्ण हो भने भारोत्तलनमै २००६ पछि पहिलो ।

    महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लिन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) पनि बनाइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij