Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालले जित्यो साइक्लिङमा स्वर्ण


  • बिहिबार, मंसिर १९ २०७६

  • नेपालले  जित्यो साइक्लिङमा स्वर्ण

    काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रस-कन्ट्री साइक्लिङमा नेपालका लागि लक्ष्मी मगरले स्वर्ण पदक दिलाएकी छिन्। नेपालकै उषा खनालले सो विधामा रजत जितेकी छिन्।

    लक्ष्मी मगरले १ घण्टा २० मिनेेट २० सेकेन्डमा लक्ष्य पूरा गरिन्। दोस्रो भएकी उषाले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा लक्ष्य पूरा गरिन्।

    कास्य पदक भारतकी खेलाडीले जितिन्। योसँगै नेपालले साइक्लिङमा ३ स्वर्ण बटुलेकको छ। यसअघि साइक्लिङको डाउनहिल तर्फ पुरुषमा राजेश मगर र महिलामा निस्मा श्रेष्ठले स्वर्ण दिलाएका थिए।

    जारी सागमा भने नेपालले स्वर्ण संख्या ३१ पुर्याएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij