Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाकी रुपा शाही विजयी


  • आइतबार, मंसिर १५ २०७६

  • खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाकी रुपा शाही विजयी

    काठमाडौं – हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाकी रुपा शाही विजयी भएकी छन् ।
    उनले नेपाली कांग्रेसकी तारा शाहीलाई ६९ मतान्तरले पराजित गरेकी हुन् । रुपाले एक हजार ४५४ मत ल्याइन् भने ताराले एक हजार ३८५ मत पाइन् ।
    उपाध्यक्षका लागि राप्रपा संयुक्तका दीपबहादुर शाहीको पनि उम्मेदवार थियो । उनले १० मत पाएका छन् ।
    विजयी रुपा यसअघिको चुनावमा सोही पदमा पराजित भएकी थिइन् । उनलाई पराजित गरी विजयी भएकी सिन्धु शाहीको जीप दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij