धरान- नेकपा एमालेको गढको रुपमा रहेको धरान उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर देखिएको छ। शनिबार भएको उपनिर्वाचनको मतपरिणाम जारी छ।
पछिल्लो मतपरिणामअनुसार झन्डै १० हजार मत गणना गर्दा नेकपाका उम्मेदवार प्रकाश राई कांग्रेस उम्मेदवार तिलक राईभन्दा झिनो मतले अगाडि छन्।
प्रकाशले ४५७४ मत पाएका छन् भने तिलकले ४५१७ मत पाएका छन्।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बुले १६४ मत पाएका छन्।शनिबार भएको उपनिर्वाचनमा ५५ हजार ११ मत खसेको थियो। मत गणना जारी छ।
यसअघि २०७४ मा भएको चुनावमा धरानमा तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
