Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रचार प्रसार सकियो – कस्ले मार्ला बाजी ?


  • बुधबार, मंसिर ११ २०७६

  • प्रचार प्रसार सकियो – कस्ले मार्ला बाजी ?

    काठमाडौं – यहि मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचार प्रसार बुधबार रातिदेखी सकिएको छ । विहिबार र शुक्रबार प्रचार प्रसार गर्न नपाइने मौन अवधि मानिन्छ । तर रणनीतिक हिसावले मौन अवधिलाई पनि महत्वपूर्ण मानिन्छ । विशेष गरेर कास्की क्षेत्र नम्बर २ को प्रतिनिधी सभा निर्वाचन, भक्तपुर क्षेत्र नम्बर १ प्रदेश सभा (क), दाङ क्षेत्र नम्बर ३ प्रदेश सभा (ख), वाग्लुङ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) र धरान उपमहानगरपालिका प्रमुखको निर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् ।
    कास्कीमा नेपाली कांग्रेसको तर्फबाट पाका उम्मेदवार खेमराज पौडेल मैदानमा छन् । सादगी र निष्ठावान नेताका रुपमा कांग्रेसले पौडेललाई अघि सारेको हो । उनको उम्मेदवारी पछि कास्की कांग्रेसमा अभुतपुर्व एकता कायम भएको छ । कांग्रेसका लागि निर्वाचन जित्न मुख्य आधार यहि हो ।

    सादगी र निष्ठावान नेताका रुपमा कांग्रेसले पौडेललाई अघि सारेको हो । उनको उम्मेदवारी पछि कास्की कांग्रेसमा अभुतपुर्व एकता कायम भएको छ ।

    पौडेलसंग प्रतिस्पर्धा गर्न नेकपाले तत्कालिन पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारीकी धर्मपत्नि विद्या भटट्राईलाई अघि सारेको छ । विद्यार्थीकालमा राजनीति गरेपनि लामो समय गृर्हस्थी जीवन विताएकी भटट्राईको बलियो आधार भनेको पति रविन्द्रको विरासत हो । उक्त क्षेत्रमा साझा पार्टीले पनि रजनी केसीलाई उम्मेदवार बनाएको छ ।
    त्यसैगरी प्रदेश सभा निर्वाचनमा पनि कांग्रेस र नेकपाविच प्रतिस्पर्धा हुने देखिन्छ । भक्तपुरको १ (क) मा कांग्रेसले कृष्णलाल भडेललाई अघि सारेको छ । नेकपाबाट देविप्रसाद ढकाललाई उम्मेदवार बनाएको छ । ढकाललाई स्थानीय उम्मेदवार नभएको भन्दै आलोचना भइरहेको छ । साथै नगरकोट सूर्यविनायक सडक खण्डको दुरावस्थाको अपजसपनि ढकालकै भागमा पर्ने देखिन्छ । नेमकिपाको समेत बलियो पकट भएकाले उसले प्राप्त गर्ने मतले पनि परिणाम प्रभावित गर्न सक्दछ ।

    नेकपाबाट बागी बनेको उम्मेदवारको प्राविधिक रुपमा उम्मेदवारी कायमै छ । नेकपाले राजमोलाई समर्थन गरेपछि उक्त पार्टीमा उत्पन्न असन्तुष्टिको सिधा फाइदा कांग्रेसको उम्मेदवारलाई पुग्ने देखिन्छ ।

    बाग्लुङमा नेकपाले राष्ट्रिय जनमोर्चाको उम्मेदवारलाई समर्थन गरेको छ । राजमोबाट खिमविक्रम शाही र नेपाली कांग्रेसको तर्फबाट जितबहादुर शेरचन उम्मेवादर बनेको छन् । नेकपाबाट बागी बनेको उम्मेदवारको प्राविधिक रुपमा उम्मेदवारी कायमै छ । नेकपाले राजमोलाई समर्थन गरेपछि उक्त पार्टीमा उत्पन्न असन्तुष्टिको सिधा फाइदा कांग्रेसको उम्मेदवारलाई पुग्ने देखिन्छ ।
    उता दाङमा पनि नेपाली कांग्रेस र नेकपाबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट दाङ क्षेत्र नम्बर ३ (ख)मा केशवराज शर्मा आचार्य र नेकपाबाट विमला वली उम्मेदवार बनेका छन् । यहाँ पनि कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

    धरान उपमहानगरमा तिलक र प्रकाशको कडा भिडन्त

    धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवार तिलक राई कम्युनिष्ट विरासतलाई तोड्ने तयारीमा छन् । युवाहरु माझ लोकप्रिय, स्पष्टवक्ता र हक्कि स्वभावका तिलकलाई गैह्रकांग्रेसीले समेत रुचाएका छन् । तिलक भन्दा नेकपाका उम्मेदवार प्रकाश राई बौद्धिक देखिए पनि उर्जाशिल भने देखिदैनन् । उनलाई तिलकका अगाडी विरासत जोगाउन निक्कै हम्मे पर्ने देखिन्छ । संघिय समाजवादी, लिम्बुवान जस्ता क्षेत्रिय दल पनि चुनावी मैदानमा छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij