काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको हो । नेपाली महिला भलिवल टिमले उत्कृष्ट खेल खेल्दै सागको पहिलो खेलमा सुखद सुरुवात गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
