Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोटनह्यामद्वारा पोचेटिन्हो बर्खास्त


  • बुधबार, मंसिर ४ २०७६

  • टोटनह्यामद्वारा पोचेटिन्हो बर्खास्त

    एजेन्सी -प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्सले  माउरिसियो पोचेटिन्होलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ ।

    यो सिजन खराब सुरुवात गरेपछि पाँच वर्ष क्लबमा बिताएका ४७ वर्षीय पोचेटिन्होलाई क्लबले बर्खास्त गरेको हो । स्पर्स अहिले लिगको १४ औँ स्थानमा सिमित रहेको छ ।

    सन् २०१४ को मेमा क्लबको म्यानेजरमा नियुक्त भएका पोचेटिन्होले क्लबलाई गत सिजन च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए । फाइनलमा भने क्लब लिभरपुलसँग पराजित हुन पुगेको थियो ।

    पोचेटिन्होसँगै एसिस्टेन्ट जिसस पेरेज र प्रशिक्षक मिगुएल डी’एगोस्टिन्हो र एन्टोनियो जिमिनेजले पनि क्लब छाडेका छन् ।

    पोचेटिन्होको बाहिरिगमनसँगै म्यान्चेस्टर युनाइटेड र चेल्सीका पूर्व म्यानेजर जोसे मोरिन्हो क्लबमा भित्रने चर्चा शुरु भएको छ । क्लबले मोरिन्होसँग यसबारे छलफल शुरु गरिसकेको बताइएको छ ।

    पोर्चुगिज म्यानेजर सन् २०१८ को डिसेम्बरमा युनाइटेडले बर्खास्त गरेदेखि कामविहीन रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij