Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्री पण्डित भन्छन् – सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीको बढुवा हुँदैन


  • बुधबार, कार्तिक २७ २०७६

  • मन्त्री पण्डित भन्छन् –   सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीको बढुवा हुँदैन

    काठमाडौँ – संंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई बढुवा गर्ने पक्षमा सरकार नरहेको बताएका छन् ।
    बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथिको छलफलमा भाग लिदै उनले सुगम क्षेत्रका बस्न मरिहत्ते गर्ने कर्मचारीलाई सरकारले प्रमोशन नगर्ने कानुनी व्यवस्था गर्न लागेको बताए ।
    मन्त्री पण्डितले बढुवाका लागि नम्बर नपुग्दा दुर्गम क्षेत्रमा जान चाहने कर्मचारीहरुको नियत सही नभएको उल्लेख गर्दै उनीहरुमाथि पनि कडा निगरानी राख्न सरकार प्रतिवद्ध रहेको बताए ।
    मन्त्री पण्डितले कर्मचारीहरुको सरुवा र पदस्थापन उनीहरुको अनुकूलतालाई पनि ध्यानमा राखेर ‘चक्रिय प्रणाली’ अनुसार हुने गरी कानुन व्यवस्था गर्नुपर्ने अवस्था आएको पनि स्पष्ट पारे ।
    मन्त्री पण्डितले विशिष्ट श्रेणी र प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गर्ने अधिकार भने मन्त्रिपरिषदमा नीहित रहने अडान पनि राखे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij