काठमाडौं – नेपाल विद्यार्थी संघले भारतले हालै जारी गरेको राजनीति क नक्सामा नेपालका कालापानी, लिपुलेकलगायत भूमि समावेश गरेको विरोधमा कोटेश्वरमा प्रदर्शन गरेको छ।
आइतबार ‘भारतीय बिस्तारवाद’ विरूद्ध नेविसंघले ‘गो ब्याक इन्डिया’ नारा लगाउँदै प्रदर्शन गरेका हुन्।
नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको समूहले सरकारले कुटनीतिक तवरबाटै सीमा विवादहरू हल गर्नुपर्ने र अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।
सीमा क्षेत्रमा भारतीय अतिक्रमण नरोकिए चरणवद्ध आन्दोलन गर्ने नेविसंघले बताएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
