Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निवर्तमान सभामुख महरालाई भेट्न नेकपा प्रमुख सचेतक गुरूङ डिल्लीबजार कारागार पुगे


  • बिहिबार, कार्तिक २१ २०७६

  • निवर्तमान सभामुख महरालाई भेट्न नेकपा प्रमुख  सचेतक गुरूङ  डिल्लीबजार कारागार पुगे

    काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरूङले डिल्लीबजार कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग भेटेका छन्।
    संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि कारागार रहेका महरा भेट्न गुरूङ बिहीबार बिहान पुगेका हुन्।
    ‘उहाँलाई सञ्चो थिएन। बिरामी नै हुनुहुन्थ्यो। स्वास्थ्य अवस्थाबारे जानकारी लिएँ,’गुरूङले भने,‘उहाँले कानुनी परामर्श खोजिराख्नुभएको थियो, त्यसबारे पनि कुरा भयो।’
    महराको बिहीबार पनि स्वास्थ्य अवस्थाको परीक्षण भइराखेको उनले जानकारी दिए।
    महरा जिल्ला अदालत काठमाडौंको आदेश पछि सोमबारदेखि जेलमा छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij