Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आलमको जिल्ला अदालतमा आज बयान सकिएन, भोलि फेरि हुने


  • मंगलबार, कार्तिक १९ २०७६

  • आलमको जिल्ला अदालतमा आज बयान सकिएन, भोलि फेरि हुने

    रौतहट – नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको मंगलबारको बयान कार्य सकिएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको छोटो मात्र बयान भयो ।
    बयानका लागि बिहान १०ः३० बजे नै अदालत पुर्‍याइएका आलमको बयान ३ ः १५ बजे शुरु भएको थियो । आलमलाई १ ः १५ बजे जिल्ला न्यायाधीश ढकालको इजलासमा लगेपछि उनका पक्षका कानून व्यवसायीले मुद्दाको मिसिलको नक्कल प्रति आफूहरुले नपाएको भने पछि शुरु हुन लागेको बयान केही बेर रोकिएको थियो ।
    आलम पक्षका कानून व्यवसायीले मुद्दाको मिसिलको नक्कल प्राप्त गरेपछि मात्रै आलमको बयान शुरु भएको थियो ।
    आलमसँग न्यायाधीश ढकालले ९ वटा प्रश्न गरेका थिए । आलमको परिचय तथा कानून व्यवसायी राखे नराखेकोसम्बन्धी प्रश्नहरु मात्रै गर्दा अदालतको समय समाप्त भएकोले बाँकी बयान बुधबार हुने छ ।
    मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा आलमलाई जन्मकैदको माग दाबी सहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij