Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफल भएको छ- गृहमन्त्री


  • मंगलबार, कार्तिक १९ २०७६

  • मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफल भएको छ- गृहमन्त्री

    बुटवल – गृहमन्त्री रामबहादुर थापाले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफल भएको बताएका छन् ।
    आज गृह मन्त्रालय र प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले ‘शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ, हिजो जस्तो अवस्था छैन ।’ गृहमन्त्री थापाले भने, ‘शान्ति सुरक्षामा जुन समस्याहरु देखा परेका थिए, मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयासहरु भएका थिए, ती प्रयास धेरै हदसम्म समाधान भए ।
    चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालको विकास र समृद्धिका लागि कोशेढुंगा सावित हुने उनको भनाइ छ ।
    सोमबारदेखि शुरु भएको बैठकमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गृहसचिव प्रेमकुमार राई, सुरक्षा निकायका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू सहभागी छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij