Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ढिलोचाँडो फेरि प्रधानमन्त्री हुन्छु – अध्यक्ष प्रचण्ड


  • मंगलबार, कार्तिक १९ २०७६

  • ढिलोचाँडो  फेरि प्रधानमन्त्री हुन्छु  –  अध्यक्ष प्रचण्ड

    बाँके – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढिलोचाँडो आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् ।
    आज नेपालगञ्जमा उद्योग बाणिज्य संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालगञ्जमा क्षेत्रीय विमानस्थल बनाउन पनि आफूले सक्दो पहल गर्ने बताए ।
    ‘नेपालगञ्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउनुपर्छ भन्ने तपाईँहरुको माग जायज छ । यसमा मेरो पूर्ण समर्थन र पहल हुनेछ,’ अध्यक्ष प्रचण्डले हिल्सा–सुर्खेत रोड ठूलो बनाउन चीनसँग समेत कुरा भएको भन्दै उत्तर दक्षिण सडकमार्ग जोड्न सके नेपालगञ्जको विकासमा ठूलो परिवर्तन आउने बताए ।
    उनले नेपालगञ्ज–दिल्ली एयर रुट बनाउन पहल र नेपालगञ्जलाई उपमहानगरबाट महानगर बनाउन आफ्नो प्रयास हुने आश्वासन दिए । यसअघि नेपालगञ्जमा औद्योगिक क्षेत्रका रुपमा विकास गर्न तथा प्रदर्शनी केन्द्र बनाउन आफैँले छुट्याएको १० विगाहा जमिन खारेज भएको घटनाले आफूलाई आश्चर्यमा पारेका समेत प्रचण्डले बताए । उनले आफू काठमाडौ फर्केलगत्तै यसबारे प्रधानमन्त्रीसँग कुरा गरेर निर्णय सच्याउन लगाउने पनि बताए ।
    सो अवसरमा नेपाल उद्योग बाणिज्य संघले प्रचण्डसमक्ष नेपालगञ्जको विकासका लागि सात बुँदे मागपत्र बुझाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij