Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बायर्नका म्यानेजर बर्खास्त


  • सोमबार, कार्तिक १८ २०७६

  • बायर्नका म्यानेजर बर्खास्त

    जर्मन क्लब बायर्न म्युनिखले निको कोभाचलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । शनिबार जर्मन च्याम्पियनले फ्राङ्कफर्टसँग ५–१ को लज्जास्पद हार बेहोरेपछि कोभाच बर्खास्तीमा परेका हुन् । यो सिजन बुन्डेस लिगाका १० खेलमा बायर्नको दोस्रो पराजय थियो ।

    पराजयसँगै बायर्न लिगको चौथो स्थानमा सिमित भएको छ भने शीर्ष स्थानमा रहेको बोरुसिया मोचेनग्लाडब्याचभन्दा चार अंकले पछि परेको छ ।

    ४८ वर्षीय क्रोएसियाका पूर्व मिडिफिल्डरले सन् २०१८ को जुलाईदेखि क्लबको नेतृत्व सम्हालेका थिए । गत सिजन उनले बायर्नलाई लिग र कप डबल जिताएका थिए ।

    आफ्नो नेतृत्वमा बायर्नलाई ६५ मध्ये ४५ खेलमा जीत दिलाए पनि शनिबारको पराजय बायर्नको लिगमा १० वर्ष यताकै सबैभन्दा ठूलो अन्तरको पराजय थियो ।

    नयाँ म्यानेजर नियुक्त नभएसम्म सहायक प्रशिक्षक हान्सी फ्लीकले क्बलको नेतृत्व सम्हाल्नेछन् । बायर्नले बुधबार च्याम्पियन्स लिगमा ओलम्पियाकोसको सामना गर्नेछ भने शनिबार बोरुसिया डर्टमण्डसँग भिड्ने छ ।

    कोभाचको बहारिगमनसँगै जोसे मोरिन्हो, माउरिसो पोचेटिन्हो र मासिमिलानो एलेग्रीको नाम क्लबसँग जोडिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij