काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आगामी मंसिरमा हुने उप निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।
आज बसेको सचिवालय बैठकले उम्मेद्वार चयन गरेको हो । बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वलीलाई उठाउने निर्णय गरेको छ भने भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
