Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

कांग्रेसमा उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने जिम्मा पदाधिकारीलाई


  • शुक्रबार, कार्तिक १५ २०७६

  • कांग्रेसमा  उपनिर्वाचनका लागि  उम्मेदवार तय गर्ने जिम्मा पदाधिकारीलाई

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिरमा हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको हो ।
    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि पार्टीकातर्फबाट उमेदवारको टुंगो लगाउने जिम्मेवारी पदाधिकारीलाई दिने निर्णय गरिएको जानकारी दिए । उमेदवार चयनका लागि बस्ने पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराइने पनि कांग्रेसले निर्णय गरेको छ ।
    कांग्रेसले उपनिर्वाचनका लागि आगामी आइतबारसम्म उमेदवारको चयन गरिसक्ने तयारी गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij