काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई/मधेशका जनतासँग हृदयदेखि प्रेम रहेको दाबी गरेका छन्।
बुधबार महोत्तरीको पिपरामा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले मधेसको विकासका लागि आवश्यक परे आफू आन्दोलन गर्न तयार रहेको बताएका छन् ।
‘जनकपुर-पिपरा-जलेश्वर-भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’ आगामी मंसिरमा हुन लागेको उपनिर्वाचन केन्द्रित मन्तव्य राखेका प्रचण्डले भने, ‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु र युद्धस्तरमा काम भएन भने म पार्टी अध्यक्ष भएर पनि मधेशमा गएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्नेछु ।’
प्रधानमन्त्री आफैले समृद्धिको नेतृत्व गरेकाले उक्त सडक निर्माण कार्य युद्धस्तरमा हुनेमा आफू विश्वस्त रहेको पनि प्रचण्डले कार्यक्रममा बताए ।
पूर्वप्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेलामा ठाडो आदेश दिएर एक अर्ब रुपैयाँ विनीयोजन गर्न लगाएको बताए ।
प्रचण्डले भने, ‘यो सडक निर्माणमा ढिलाढाला भयो भने अविलम्ब टेन्डरहोस् भनेर मेरै नेतृत्वमा अनसन बस्नु नपरोस् ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
