काठमाडौं – पारस खड्काले राजीनामा दिएपछि रिक्त भएकाे राष्ट्रिय क्रिकेट टिमको कप्तानमा नेपाल क्रिकेट संघले ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । तत्कालका लागि यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानमा नियुक्त गरेको हो सघले जनाएकाे छ। तत्काल हुन लागेको एमसीसी विरुद्धको सिरीज र अर्को निर्णय नहुँदासम्म उनले नेपाली टिमको कप्तानी गर्नेछन ।
पारस खड्काले नबनियुक्त राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन ।
सामाजिक सन्जालमा खड्काले यस्तो लेखेका छन – ‘Congratulations to the most deserving person Gyanendra Malla on being appointed as the Captain of the Nepal cricket Team.One who has served the country with great passion,discipline and commitment.I am very sure we will prosper under his leadership to new heights.
It’s time to support each other and take Nepal cricket into brighter horizons.’
https://www.facebook.com/official.ParasKhadka/photos/a.707615565943295/2588514047853428/?type=3&theater
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
