Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सन्दीप लामिछाने टि–टेनमा ४५ हजार अमेरिकी डलरमा अनुबन्ध


  • बिहिबार, असोज ३० २०७६

  • सन्दीप  लामिछाने टि–टेनमा  ४५ हजार अमेरिकी डलरमा अनुबन्ध

    काठमाडौं – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने मंहगो मुल्यमा टि–टेन क्रिकेट लिगमा अनुबन्ध भएका छन् । यूनाइटेड अरब इमिरेट्स यूएईमा हुने टि–टेन लिगमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन् ।

    टि –टेन नोभेम्बर १५ देखि सुरु हुँदैछ । उक्त लिगमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछन् । विदेशी कोटाबाट परेका सन्दीपलाई कर्नाटक टस्क्सले क्याटोगरी ‘ए’ बाट राखेको छ । कर्नाटक टस्कर्समा आइकन खेलाडीको रुपमा दक्षिण अफ्रिका पूर्वओपनर हसिम हमला छन् । प्रशिक्षक भने टम मुडी छन् ।
    गतबर्ष पनि सन्दीपले टि– टेन लिग खेलेका थिए । यसबेला केराला नाइट्सबाट खेलेका उनले ६ खेलमा ६ विकेट लिएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij