सर्लाही – राष्ट्रिय जनता पार्टी नेपाल सर्लाहीले सांसद प्रमोद साहको रिहाईको माग गर्दै बिहीबार सर्लाही बन्दको आह्वान
गरेको छ । बुद्ध एयरको काउण्टरमा तोडफोड गर्ने आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोदकुमार साह अहिले प्रहरी हिरासतमा छन्।
बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने निजि तथा सामुदायिक विद्यालय र विभिन्न पसल बजारहरु समेत बन्द छन् ।
राजपा नेपाल निकट राष्ट्रिय विद्यार्थी सङ्घ सर्लाही जिल्ला संयोजक दिगेश्वर नायकले सांसद साहलाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
