Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अदालतले दियो सांसद साहमाथि अनुसन्धान गर्न ४ दिनको म्याद


  • बुधबार, असोज २९ २०७६

  • अदालतले दियो  सांसद साहमाथि अनुसन्धान गर्न ४ दिनको म्याद

    काठमाडौं – जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साहमाथि अनुसन्धान गर्न अदालतले ४ दिन म्याद दिएको छ।
    धनुषा जिल्ला अदालतका न्यायाधीश तीर्थ प्रसाद केसीको इजलासले मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका साहबारे हिरासतमै राखेर ४ दिन अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
    जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा धनुषा अदालतले मंगलबारै सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो। पूर्जी जारी भएको केही घन्टामै साह पक्राउ परेका थिए।
    सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij