काठमाडौं – विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् । शिव थापालाई पराजित गर्दै पाण्डे अध्यक्ष विजयी भएका हुन् । पाण्डे ५८ प्रतिशत मत प्राप्त गरेका थिए । ५ प्रतिशत मत नो भोटमा खस्दा बाँकी मत थापाले पाएका थिए ।
अहिलेसम्म अध्यक्ष, महासचिव र नीति सचिव निर्वाचित भएको दलले पाण्डेले जानकारी दिए ।
उनका अनुसार महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित भएका छन् । सिलवालले कर्मा तामाङ र भट्टराईले विजयबाबु सिवाकोटीलाई पराजित गरेका हुन् ।
उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषाध्यक्षको चुनाव बुधबार हुँदैछ । विवेकशीलको कार्यसमिति ९९ सदस्यीय हो ।
जसमा सात प्रदेशबाट पाँच जनाका दरले सदस्यहरू आउँछन् । प्रदेश निर्वाचनपछि हुने उनले बताए । जनकपुर सम्मेलनबाट भने २२ सदस्यीय समिति चयन हुनेछ ।
गत वर्ष पुसमा संयोजक मध्येका एक उज्वल थापाको नेतृत्वमा विवेकशील साझा पार्टी फुटेको थियो । तर पार्टी पहिलो महाधिवेशनमा नै उज्वले थापाले अध्यक्षमा उम्मेद्वारी नदिने घोषणा गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
