Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

समाजवादी पार्टीकी नेतृ सुनीता साह पक्राउ


  • शनिबार, असोज २५ २०७६

  • समाजवादी पार्टीकी नेतृ सुनीता साह पक्राउ

    राजविराज : अभद्र व्यवहारको मुद्दा परेको भन्दै सप्तरी प्रहरीले समाजवादी पार्टीकी नेतृ तथा अन्तरपार्टी महिला संजालकी जिल्ला अध्यक्ष सुनीता साहलाई नियन्त्रणमा लिएको छ। शुक्रबार राजविराज नगरपालिका–६ खर्सालटोलस्थित निवासबाटै साहलाई नियन्त्रणमा लिएको हो।

    महानगरी प्रहरी वृत्त कमलपोखरीबाट पत्राचार गरेकाले साहलाई नियन्त्रणमा लिएको एसपी कृष्ण प्रसाईंले बताए। ‘साहविरुद्ध महानगरीय प्रहरी परिसरमा अभद्र व्यवहारको मुद्दा परेको छ’, उनले भने,‘आवश्यक अनुसन्धानका लागि साहलाई काठमाडौं पठाउने तयारी भइरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij