Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालद्वारा नेदरल्याण्ड पराजित


  • सोमबार, असोज २० २०७६

  • नेपालद्वारा नेदरल्याण्ड पराजित

    काठमाडौँ । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजमा करण केसीको उत्कृष्ट अलराउण्ड प्रदर्शनको मद्दतले नेपालले नेदरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ ।

    करणले मात्र १४ बलमा ३१ रन बनाएपछि नेदरल्याण्डले प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै पछ्यायो । करणले यसक्रममा १ चौका र तीन छक्का हिर्काए ।

    त्यस्तै, कप्तान पारस खड्काले ३३ रनको योगदान दिए भने विनोद भण्डारीले २६ रन बनाए । यसअघि करण र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरेपछि नेदरल्याण्ड १ सय ३३ रनमा समेटिएको थियो ।

    नेदरल्याण्डलाई १९.३ रनमा अलआउट गर्ने क्रममा सन्दीपले ४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए भने करणले ३.३ ओभरमा मात्र १७ रन खर्चिएर ४ विकेट लिए ।

    खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । नेदरल्याण्डका लागि ओपनर म्याक्सवेल प्याट्रिक ओ डाउडले सर्वाधिक ४३ रनको योगदान दिए भने एन्टोनियस स्टालले २१ रन बनाए । कोलिन एकरम्यानले २९ रन बनाउँदा विकेटकिपर स्कट एडवार्डले १६ रनको योगदान दिए ।

    ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij