Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संघियता र धर्म निरपेक्षतामा कांग्रेसको सहमति थिएन– डा. महत


  • शुक्रबार, असोज ३ २०७६

  • संघियता र धर्म निरपेक्षतामा कांग्रेसको सहमति थिएन– डा. महत

    काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले संविधान मस्यौदा कै क्रममा पार्टीले धर्म निरपेक्षता प्रति असहमति राखेको बताउनु भएको छ । तत्कालिन राजनीतिक परिवेशमा सहमतिको विकल्प नभएकाले कांग्रेसले धर्म निरपेक्षता स्वीकारेको उहाँले बताउनु भयो । कांग्रेसकै कारण संविधानमा सनातन धर्मको रक्षाको विषय उल्लेख भएको डा. महतको भनाई छ ।
    संघियताको विषयमा पनि संविधान मस्यौदा समितिमा फरक मत राखेको पनि उहाँले बताउनु भयो । अहिले भइरहेको संघियताको अभ्यास प्रति धेरै असन्तुष्टि र गुनासाहरु प्रकट भएको महतले बताउनु भयो । संविधानमा समाजवाद उन्मुख भनिएको प्रति पनि कांग्रेसको सहमति नरहेको र संविधानमा लोकतान्त्रिक अभ्यासको कुरा भएकाले लोकतान्त्रिक समाजवादको अर्थमा सहमति जनाइएको सहमहामन्त्री डा. महतले स्पष्ट पार्नु भयो ।
    संविधान गतिशिल दस्तावेज भएकाले यसको समय सापेच्क्ष संशोधन आवश्यक हुने उहाँको भनाई छ । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अभियान अन्र्तगत काठमाडौं क्षेत्र नं. ५ का बुद्धिजिवीहरुको भेलालाई सम्बोधन गर्दै डा. महतले जागरण अभियानले पार्टीमा उर्जा थपेको बताउनु भयो । कम्युनिष्ट सरकारको गलत क्रियाकलापको कडा विरोध हुनु पर्ने सहमहामन्त्री डा. महतको भनाई छ ।
    कार्यक्रममा वरिष्ठ अधिवक्ता दामोदर खड्का, पत्रकारहरु गोकर्ण अर्याल, पुरुषोत्तम अधिकारी, प्रदेश सांसद भिमसेन खत्री, क्षेत्रीय सचिव कृष्ण वस्ती, जनक अर्याल लगाएतले धारणा राख्नु भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij