Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विप्लव समुहका मेची–कोशी संयोजक पक्राउ


  • मंगलबार, भाद्र ३१ २०७६

  • विप्लव समुहका मेची–कोशी संयोजक पक्राउ

    झापा – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाको झापास्थित गोप्य कार्यालयमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार छापा मार्ने क्रममा प्रहरीले विप्लव समुहका तीन जना नेतालाई पनि पक्राउ गरेको हो ।
    त्यसक्रममा विप्लव समुहको मजदुर संगठनका मेची–कोसी व्युरोका संयोजक टीका पोखरल, मेचीकोशी व्युरो सदसस्य प्रविण मिश्र र अर्का एक जना रहेका छन् ।
    पक्राउ परेका अर्का एकजना मकवानपुरका अनुल सारु मगर छन् ।
    चन्दा रसिद, लेटर प्याड लगायतका सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij