Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काँग्रेस जागरण अभियानमा शीर्ष नेताले कहाँ– कहाँ सम्बोधन गर्दैछन् ?


  • मंगलबार, भाद्र २४ २०७६

  • काँग्रेस जागरण अभियानमा शीर्ष नेताले  कहाँ– कहाँ सम्बोधन गर्दैछन् ?

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मंगलबारदेखि सुरू हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका लागि प्रतिनिधि खटाएको छ। ३ सय ३० निर्वाचन क्षेत्रमा असोज ७ गतेसम्म कार्यक्रम गर्नका लागि काँग्रेसले सोमबार प्रतिनिधि खटाएको हो।
    कार्यक्रम तालिकाअनुसार सभापति शेरबहादुर देउवाले सुनसरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की, उपसभापति विमलेन्द्र निधिले धनुषा र उपसभापति विजयकुमार गच्छदारले सुनसरीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
    त्यस्तै महामन्त्री डा.शशांक कोइरालाले मकवानपुर, महामन्त्री पूर्णबहादुर खड्काले भक्तपुर, कोषाध्यक्ष सीतादेवी यादवले काठमाडौँं र सहमहामन्त्री डा.प्रकाशशरण महतले पनि काठमाडौंकै सभालाईे सम्बोधन गर्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij