Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फेरि जागरण अभियानमार्फत जनतामाझ जाँदैछौँ : नेता सिटौला


  • बुधबार, भाद्र १८ २०७६

  • फेरि  जागरण अभियानमार्फत जनतामाझ जाँदैछौँ :  नेता सिटौला

    चितवन – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रैसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियानमार्फत दोस्रो पटक जनताको माझमा जान लागेको बताएका छन् ।

    चितवनमा पत्रकारसँग कुराकानी गर्दै नेता सिटौलाले अहिले पार्टीको गतिविधि र सरकारको काम कारवाहीको बारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्फत जान लागेको स्पष्ट पारे ।
    मङ्सिरसम्म सङ्गठन निर्माणका काम सकिएपछि मात्रै महाधिवेशनमा प्रवेश गर्ने भन्दै उनले मङ्सिरअघि १३ औँ महाधिवेशनको सङ्गठनलाई सङ्घीय व्यवस्थाअनुरुप रूपान्तरणको काम गरिने जानकारी दिए । वडा तहसम्म समायोजन गर्न कात्तिक मसान्तसम्म लाग्ने उनको भनाइ थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij