Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसमा गच्छदार अड्कोः नेतृत्व आलटालमै, माग बढ्दै


  • शुक्रबार, भाद्र ६ २०७६

  • कांग्रेसमा गच्छदार अड्कोः नेतृत्व आलटालमै, माग बढ्दै

    विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग २० कात्तिक २०७४ मा पार्टी एकीकरण गर्यो ।
    पार्टी एकताका गच्छदारलाई उपसभापति दिने वचन कांग्रेस सभापति शेरबहादुर देउवाले दिए । त्यहीअनुसार गच्छदारलाई देउवाले विधान मिचेरै भए पनि उपसभापति बनाए ।

    तर, गच्छदारसँग भएको सहमति दुई वर्ष बित्नै लाग्दासम्म पनि पार्टीका शीर्ष तहका नेताहरुले नै थाहा पाउन सकेका छैनन् । गच्छदारले समेत पटकपटक आफूसँग भएको लिखित सहमति पार्टी नेतृत्वले पालना नगरेको भन्दै दुखेसो गर्दै आएका छन् । उनले केन्द्रीय समिति बैठकमा घण्टौंसम्म त्यही आशयको अभिव्यक्तिसमेत पोख्दै आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij