काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रभु साहले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै नेकपाको २ नम्बर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
मङ्गलबार साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
पार्टी एकीकरणका क्रममा भएको जिल्ला र प्रदेश कमिटि चयनप्रति असहमति जनाउँदै साहले राजीनामा दिएको साहले बताएका छन् ।
केही दिनअघि जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवम् जनप्रतिनिधिहरूको प्रशिक्षण रोकिएकोमा साहले असन्तुष्टि जनाएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
