Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले विभिन्न विधेयक ल्याएर जनताको अधिकार खोस्न खोजेको छ – सभापति देउवा


  • सोमबार, भाद्र २ २०७६

  • सरकारले विभिन्न विधेयक ल्याएर जनताको अधिकार खोस्न खोजेको  छ  – सभापति देउवा

    भैरहवा -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार प्रजातन्त्रको खिलापमा रहेको बताएका छन्।
    केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै विभिन्न विधेयक ल्याएर जनताको अधिकार खोस्न खोजेको बताएका छन्।
    मानव अधिकार आयोग, मिडिया काउन्सिल विधेयकलगायतका विधेयकहरू एकपछि अर्को गर्दै सरकारले ल्याएको उनले बताए। सभापति देउवाले भने ‘हाम्रो पार्टी प्रजातन्त्रकै लागि स्थापना भएको हो, यदी प्रजातन्त्रको खिलापमा यो सरकारले कदम चालेको छ। आन्दोलन गर्नुपर्ने हुनसक्छ।’
    प्रजातन्त्रको खिलाप र जनताको अधिकार खोस्ने जो कोहीलाई नछाड्ने उनले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij